aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोनाका कारण बाँकेका २५ वर्षका पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
कोरोनाका कारण बाँकेका २५ वर्षका पुरुषको मृत्यु

काठमाडौं । कोरोनाका कारण नेपालमा दोश्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाकाले बाँकेका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे । 

प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताए । मृत्यु भएका ती पुरुष वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

उनले नेपालमा कोरोनाका कारण २ ज्यान गुमाउनेको संख्या २ पुगेको जनाएका छन् । 

यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको थियो। उनको पशुपति आर्यघाटमा विधुतिय शवदाह गृहमा दाहसंस्कार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस