aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कालीगण्डकीमा दुई बालक बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
कालीगण्डकीमा दुई बालक बेपत्ता

पाल्पा । रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिए । 

हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताए । कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस