aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप १० दिन लकडाउन कायमै राख्न उच्चस्तरीय समितिको सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
थप १० दिन लकडाउन कायमै राख्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ ।

समाचार श्रोतका अनुसार लकडाउनका कारण कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई कम्तीमा १० दिन लम्ब्याउन  सिफारिस गरेको हो । 

गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

प्रतिक्रिया दिनुहोस