aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

न्युरोडको प्युखामा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
न्युरोडको प्युखामा आगलागी

काठमाडौं । काठमाडौंको न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतवार साँझ आगलागी भएको हो । 

घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा आगो नियन्त्रणमा आइसकेको छ । आगोबाट पुगेको क्षति संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस