
भारत । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ एकै दिन ५ हजार बढि नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो ।
यसअघि शनिबार ४ हजार ७ सय ९२ जना संक्रमित थपिएका थिए । त्यसअघि गत हप्ताको आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका थिए । अहिलेसम्म भारतमा संक्रमितको संख्या ९५ हजार ८७२ पुगेको छ । अहिलेसम्म ३६ हजार ७९५ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ५३८ जनालाई निको भएको छ ।
ज्यान जानेको संख्या ३ हजार २५ पुगेके छ । २४ घण्टाको अवधिमा १५२ जनाको ज्यान गएको छ । महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । आइतबार महाराष्ट्रमा अहिलेसम्मकै बढी २ जार ३४७ जना संक्रमित भएका छन् ।
शनिबार १ हजार ६०६ जना संक्रमित थपिएका थिए । एक साताभर दैनिक महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा ३३ हजार ५३ संक्रमित भएका छन् । आइतबार ६३ जनाको ज्यान जाँदा मृतक १ हजार १९८ जना पुगेका छन् ।
गुजरातमा संक्रमित ३९१ थपिएर ११ हजार ३८० पुगेका छन् । मृतक ३४ थपिएर ६५९ पुगेका छन् । त्यस्तै तमिलनाडुमा ६३९ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ११ हजार २२४ पुगेका छन् । मृतक ७९ पुगेका छन् ।
दिल्लीमा ४२२ जना थपिएर संक्रमित ९ हजार ७५५ जना पुगेका छन् । मृतक १९ थपिएर १४८ पुगेका छन् । मध्यप्रदेशमा १८७ जना थपिएर ४ हजार ९७७ संक्रमित पुग्दा पुगेको छ । मृतकको संख्या २४८ पुगेको छ । राजस्थानमा २४२ जना थपिएर ५ हजार २०२ पुगेका छन् । मृतक १३१ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस