aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

डिएसपीमा बढुवा सिफारिश भए ६० इन्स्पेक्टर (सुचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
डिएसपीमा बढुवा सिफारिश भए ६० इन्स्पेक्टर (सुचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ६० जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो साँझ उनीहरुको बढुवा सिफारिश गरेको हो ।

बढुवामा अख्तियारमा रहेका डिएसपी पृथ्वीनारायण ओली पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा केदाराज पन्त, तेस्रोमा जयराम कुइँकेल परेका छन् ।

त्यसपछि क्रमशः कविन्द्रकुमार कार्की, संजिवबाबु खड्का, पंचकुमार बाखु, प्रमेश बिष्ट, नविनराजा बुढाथोकी, सुर्यबहादुर थापा, कुमारप्रसाद मैनाली छन् । अधिकांश बढुवामा अग्रपंक्तिमा अख्तियारमा दरबन्दी भएका इन्स्पेक्टरहरु परेका छन् ।

अख्तियारमा यसअघि सचिव भएका महेश्वर न्यौपाने गृहसचिव भएकाले पनि असर देखिएको छ । उनी अख्यिारको सचिव हुँदा नजिक रहेका इन्स्पेक्टरहरुले बढुवामा लाभ लिन सकेका छन् ।

प्रतिक्रिया दिनुहोस