aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कस्तो रहला आज दिनभरको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको हो । अरु क्षेत्रमा भने सोमबार मौसम सफा नै रहने छ ।

अहिले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस