
काठमाडौं । मुल्य वृद्धि २ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । २०७६ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलब ७४
प्रतिशत रहेको छ गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलब ४४ प्रतिशत रहेको तथ्यांक आइतबार राष्ट बैंकले जारी गरेको रिर्पोटमा उल्लेख छ । चैत महिनामा
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलब ६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलब ४८ प्रतिशत
रहेको छ ।
चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७ दशमलब १९ प्रतिशत, तराईमा ७ दशमलब ०४ प्रतिशत, पहाडमा ५ दशमलब ८४ प्रतिशत र हिमालमा ४ दशमलब ८३
प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४ दशमलब ७४ प्रतिशत, ३ दशमलब ९५ प्रतिशत, ४ दशमलब ८० प्रतिशत र ६ दशमलब २० प्रतिशत मुद्रास्फीति रहेको राष्ट बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस