
काठमाडौं । सोमबार पुष्टि भएका कोरोना संक्रमित मध्ये एक जना बाराका पत्रकार रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख गरिएको थियो । जसमध्ये बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको हो ।
यसअघि उदयपुर, पर्सा र जनकपुरका ४ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस