
एजेन्सी । चीनमा लकडाउन खोलेपछि केही स्थानमा वायु प्रदूषण गत वर्षको तुलनामा उच्च दरमा बढेको छ । हेलसिन्कीमा रहेको सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एअरका अनुसार चीनले अर्थतन्त्रलाई जोगाउन औद्योगिक कार्य अगाडि बढाएकाले वायु प्रदूषण बढेको हो ।
सेन्टरले चेतावनी दिदै कोरोना भाइरसवाट मुक्ति पाउँदै गर्दा वायुमा आएको सुधार गुमेको जनाएको हो । चीनमा फेब्रुअरीमा वायु प्रदूषण निकै कम भएपनि अप्रिलमा बढेको छ । सेन्टरले चीनभरिका १ हजार ५ सय वायुको गुणस्तर मापन गर्ने यन्त्रको तथ्याङ्कलाई विश्लेषण गरेर यो परिणाम निकालेको हो ।
प्रतिक्रिया दिनुहोस