aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लोकसभा निर्वाचन अपडेट: भाजपाको बहुमत सुनिश्चित, मतगणना जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ जेठ २०७६
लोकसभा निर्वाचन अपडेट: भाजपाको बहुमत सुनिश्चित, मतगणना जारी

नयाँ दिल्ली ।  भारतीय लोक सभाको निर्वाचनको बिहीबार ९ः०० बजे सम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा ८२ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले २४ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य २१४ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको २८ स्थानमा अग्रता रहेको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले तीन स्थानमा विजयी बनेको छ भने १९ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ । 

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी ९माक्र्सवादी० ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो । लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ ।   रासस/एएनआई

प्रतिक्रिया दिनुहोस