aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोना कहरः एकै दिन थपिए ५३ जना, संक्रमितको संख्या ३५७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
कोरोना कहरः एकै दिन थपिए ५३ जना, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं । थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

उनका अनुसार नयाँ थपिएका बाँकेका ४६ जना पुरुष र एक जना महिला, मोरङंका १ जना पुरुष, गुल्मीका एक जना पुरुष, धनुषाका एक जना पुरुष, रौतहटका एक जना पुरुष, धादिङंका एक जना पुरुष र दाङका एक जना पुरुष रहेका छन् ।  संक्रमित १८ वर्ष देखि ४६ वर्षसम्मका रहेका छन् ।  
 
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस