aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

रुपन्देहीको क्रिमसन अस्पतालका बिरामीलाई कोरोना पुष्टि, अस्पताल सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
रुपन्देहीको क्रिमसन अस्पतालका बिरामीलाई कोरोना पुष्टि, अस्पताल सिल गरियो

रुपन्देही । सोमबार कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना गुल्मीका रहेका छन् । गुल्मीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो केस हो । गुल्मीको मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुरुष गएको जेठ १ गतेदेखि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत छन् । श्वासप्रश्वासका बिरामी रहेकाले उनको सो अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।  

अस्पालमा उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । 

प्रतिक्रिया दिनुहोस