aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कपिलवस्तु जिल्ला सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
कपिलवस्तु जिल्ला सिल गरियो

बुटवल । कपिलवस्तु जिल्ला सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गरिएको हो । 

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । यसअघि जिल्लालाई जेठ ५ गते राति १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो ।

‘जिल्ला सिल हुँदा पनि खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक सोमबार, बुधबार र शनिबार खुला गर्न दिइने भएको छ । 

प्रतिक्रिया दिनुहोस