aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

लोकसेवाका परिक्षा अब सामान्य अबस्था भएपछि मात्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
लोकसेवाका परिक्षा अब सामान्य अबस्था भएपछि मात्र

काठमाडौं । लोक सेवा आयोगबाट यसभन्दा पहिला जारी गरेका विज्ञापनको परिक्षा  देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । 

सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका उल्लेख गरेको छ ।

आयोगको स्वीकृत वार्षिक कार्यलातिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्यतालिका समेत स्थगन गरेको छ । 

प्रतिक्रिया दिनुहोस