
झापा । थप एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट नेपाल आएका झापाका एक मजदुरमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ती मजदुरमा कोरोना संक्रमण देखिएको हो । उनमा केही दिनअघि आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो । विराटनगरमा पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि दमक नगरपालिका र वाह्रदशी गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस