काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषदले नेपालका नयाँ नक्सा अध्यावधिक गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खटिवडाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै भूमिसुधार मन्त्रालयले प्रस्ताव गरेका नक्सा सरकारले पास गरेको बताए । नयाँ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।
नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी र्न सरकारलाई निर्देशन दिएको थियो । भारतले तिब्बतको मानसरोवरका लागि सडक बनाउन भन्दै लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माणको लागि उदघाटन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस