
एजेन्सी। भारतको लोकसभाको चुनावी परिणमले जवाहरलाल नेहरू र इंदिरा गांधीपछि नरेन्द्र मोदीको भारतीय जनता दल देशमा तेस्रो नयाँ रेकर्ड बनाउन गैर काग्रेसी दल बनेको छ । लोकसभामा लगातार दोस्रो पटक पूर्ण बहुमत ल्याएर सरकार बनाउने गैर काग्रेसी पहिलो दल बनेको छ । लोकसभा चुनावको विहीबार आएको चुनावी नतिजाले अप्रत्याशित ढंगले प्रधानमंत्री नरेन्द्र मोदीलाई अगुवाइ मिलेको छ ।
जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्याउन सकेन ।
नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश गुजरातमा भारतले क्लिन स्वीप गर्यो । भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ । तमिलनाडूमा भने यो पटक मोदीको जादू चलेन । त्यहाँ उसले एक सिट पनि नजित्ने देखिएको छ । केरालामा पनि भाजपाले एक सिट पनि जित्न सकेन ।
लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस