
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । संक्रमण निकै चरम गतिमा पुगेको छ । सोमबार २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३२८ पुगेको छ ।
यसअघि आइतबार २४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै उच्च हो ।
यसअघि शनिबार ४ हजार ७ सय ९२ जना संक्रमित थपिएका थिए । त्यसअघि गत हप्ताको आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका थिए ।
पछिल्लो हप्तादेखि भारतमा संक्रमितको संख्या चरम रुपले बढिरहेको छ । अहिलेसम्म ३९ हजार २३३ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ४३८ जनालाई निको भएको छ ।
ज्यान जानेको संख्या ३ हजार १५६ पुगेको छ । २४ घण्टाको अवधिमा १३१ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस