aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

वीपी प्रतिष्ठान धरानको प्रसूति विभाग सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभागलाई सिल गरिएको छ। आइतबार धनकुटामा कोरोना देखिएकी महिला स्वास्थ्यकर्मीले रेफर गरेको केही बिरामी उपचारमा आएको भन्दै प्रतिष्ठानको सोमबारदेखि प्रसूति विभाग सिल गरिएको हो। 

हाल प्रसूति विभागमा भर्ना भएका बिरामीलाई तत्काललाई डिस्चार्ज र भर्ना गर्न बन्द गरिएको प्रतिष्ठानका प्रसूति विभागले जनाएको छ । धनकुटा अस्पतालबाट रेफर भएकी बिरामी गएको शुक्रबारदेखि प्रतिष्ठानको गाइनो वार्डमा उपचाररत थिइन्। 

प्रतिष्ठानका अनुसार महिलाको पिसिआर रिपोर्ट नआएसम्म गाइनो वार्डमा नयाँ बिरामी भर्ना पनि नगरिने र डिस्चार्ज समेत नदिने भएको हो। उनको अप्रेसन गरिएको र घाउमा संक्रमण भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो। धनकुटाकी संक्रमित स्वास्थ्यकर्मीलाई उनैबाट कोरोना संक्रमण भएका हुनसक्ने धनकुटा अस्पतालले आशंका गरेपछि प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको हो। 

प्रतिक्रिया दिनुहोस