
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र चक्रवात अम्पुनको चक्रवातीय वायुको अप्रत्यक्ष प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
दिउँसो देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस