
काठमाडौं । नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेमध्ये १७ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर काठमाडौं आइपुगेको हो । सेनाले निगमको जहाज सोमबार साँझ चीनको ग्वान्झाउ पठाएको थियो ।
मेडिकल सामान लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज ९ बजे आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। उक्त जहाज मेडिकल सामान ल्याउन नेपाली सेनाले चार्टर गरेको हो।
यसअघि सेनाले स्थल मार्गबाट ८ टन भन्दा बढी मेडिकल सामान चीनबाट ल्याएको थियो। उक्त सामान शनिबार मात्रै काठमाडौं आइपुगेको थियो।
प्रतिक्रिया दिनुहोस