
सुनसरी । थप दुइ जनामा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका एक अधिकारीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूष र सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस