
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरु लुकेर बस्दा कोरोना नियन्त्रण गर्न नसकिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले भारतबाट आएर लुकेर बस्दा कोरोना नियन्त्रण गर्न गाह्र्रो भएको बताएका हुन् ।
पछिल्लो समय भारतबाट आएकामा धेरैमा संक्रमण देखिएको उनले बताए । उनले भने, ‘ भारतबाट आएकाहरु लुकेर बस्दा झन समस्या भएको छ । जनताको चेतनाको अभावले कोरोना मुक्त देश बनाउन सकिएन् ।’ प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे ।
उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ उनले कोरोना नियन्त्रण सरकार अफिल भएको स्विकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस