aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

‘राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन, नेपाली भूमि फिर्ता ल्याएरै छोडिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
‘राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन, नेपाली भूमि फिर्ता ल्याएरै छोडिन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताए ।

‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नु पनि अनौठाने होइन’ उनले भने । प्रधानमन्त्री ओलीले भारतले अतिक्रमित लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र जसरी पनि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस