aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रदेश १ मा ५४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
प्रदेश १ मा ५४ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ ।  जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड-१९ पुष्टि भएको छ । 

आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस