aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

अमेरिकी राष्ट्रपतिको चेतावनीपछि डब्लुएचओको कामबारे स्वतन्त्र छानविन गर्न सहमत

  • एएफपी
    एएफपी
  • मंगलबार, ०६ जेठ २०७७
अमेरिकी राष्ट्रपतिको चेतावनीपछि डब्लुएचओको कामबारे स्वतन्त्र छानविन गर्न सहमत

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् ।

अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो । 

डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो । जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।

उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका थिए।कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका छन । 

पत्रमा ट्रम्पले महामारी नियन्त्रणका लागि अत्यावश्यक काम नगरेको भन्दै डब्लुएचओको आलोचना गरेको बताएका छन । गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पको रहेको छ ।

लगातार चीनको प्रशंसा गरेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गरेका हुन भने उनले डब्लुएचओले आफूलाई चीनबाट स्वतन्त्र रहेको देखाउनु नै अबको एक मात्र विकल्प रहेको बताए । 

त्यसका लागि डब्लुएचओ प्रतिबद्ध नरहेमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग सदाका लागि बन्द गर्ने  सदस्यताबारे पनि पुनर्विचार गर्ने चेतावनी ट्रम्पको छ । 

प्रतिक्रिया दिनुहोस