aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपालको नयाँ नक्साका बारेमा मनिषा कोइरालाको प्रतिक्रिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
नेपालको नयाँ नक्साका बारेमा मनिषा कोइरालाको प्रतिक्रिया

काठमाडौं । नेपाल र भारत बीचको सीमा विवाद अझ गम्भीर बन्दै गएको बेलामा भारतलाई नै आफ्नो कर्मथलो बनाइरहेका कलाकारहरुले बोल्न थालेका छन् । नेपालकार सरकारले लिम्पियाधुरा, लिपुलेक र कलापानीसहितको नयाँ नक्सा जारी गरेको छ । 

नेपालको भूमिमा भारतले वर्षौदेखि विवाद झिकेर आफ्नो भन्दै आएको थियो ।  यस बाहेक, भारतका रक्षामन्त्री राजनाथ सिंहले हालै ८० किलोमिटर लामो नेपालको कैलाश मानसरोवर जाने सडकको उद्घाटनसम्म गरेपछि विवाद झन् सतहमा आएको थियो । यसैबीचमा लामो सयमदेखि भारतमा रहेका आफ्नो कर्मथलो बनाइरहेकी बिपी कोइरालाकी नातिनाी अभिनेत्री मनिषा कोइरालाको प्रतिक्रिया आएको छ । 

मनिषाले कालापानी र लिपुलेख सहितको नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि कालापानी र लिपुलेख नेपालको अभिन्न हिस्सा हो भनेर ट्विट गरेकी छिन्  । उनले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको ट्वीटको जवाफमा नेपालको आधिकारिक नक्सामा कालापानी र लिपुलेख जस्ता दुई विवादित क्षेत्रहरू समावेश भएकोमा खुसि व्यक्त गरेकी छिन् ।  

उनले परराष्ट्रमन्त्रीको  ट्वीटमा भनेकि छिन्, 'हाम्रो सानो देशको गर्व राख्नु भएकोमा धन्यवाद । म तीनै देशहरू बीच शान्तिपूर्वक र मर्यादित वार्तालापको लागि कामना गर्छु ।'

मनिषाको यस्तो ट्वीट सार्वजनिक भएपछि भारतीय संचारमाध्यमहरु भने उनि बिरुद्द खनिएका छन् ।  मनिषालाई पनि चीन परस्त भएको आरोप ति संचारमाध्यमले लगाएका हुन् ।  विशेषगरी भारतीय टेलिभिजनहरु यो कार्यमा बढी सक्रिय बनेको देखिएको छ । नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल बिरुद्द भारतीय मिडियाले भ्रमको खेती नै शुरु गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस