aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ललितानिवासको जग्गा लाखमा किनेर करोडमा विक्रि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
ललितानिवासको जग्गा लाखमा किनेर करोडमा विक्रि

काठमाडौं । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । 


‘काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५/७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले  भन्यो,‘यो बीचमा उनीहरु अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’ 

दुवैजना फरार छन् । उनीहरुसँग जोडिएका कतिपय सरकारी अधिकारीसमेत अख्तियारको अनुसन्धान सुरु गरेपछि फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट  

प्रतिक्रिया दिनुहोस