aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

चीनका कारखाना धमाधम भारतमा खुल्दै, ड्र्यागन र हात्तीबीचको लडाइ कसले जित्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
चीनका कारखाना धमाधम भारतमा खुल्दै, ड्र्यागन र हात्तीबीचको लडाइ कसले जित्ला ?

एजेन्सी । कोरोना महामारीका कारण विश्वका अधिकांश देशहरूको अर्थतन्त्र संकटमा परेको छ । अर्थव्यवस्थालाई ध्यानमा राख्दै भारतले चीनलाई पछाडि पारेर औद्योगिक कारखाना विस्तारमा आफ्नो स्थान लिने प्रयास गरेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले भारतको यस्तो प्रयासको चिन्ता व्यक्त गरेको छ ।

चीनमा रहेका धेरै कम्पनीहरूले भारतमा उत्पादन इकाई स्थापना गर्ने सोचाइ राखेका छन् । चिनियाँ सरकार समर्थित चिनियाँ पत्रिका ग्लोबल टाइम्सले भारतको प्रयासप्रति चिन्ता व्यक्त गर्दै कहिल्यै पनि चीनको विकल्प हुन सक्दैन  भनेको छ । 

चीनले चिन्ता व्याक्त गरिरहेका बेलामा जर्मन जुत्ता कम्पनीले हालै चीनबाट भारतको उत्तर प्रदेशमा आफ्नो उत्पादन इकाई स्थापना गर्न आग्रह गरेको छ । त्यस्तै धेरै अन्य कम्पनीहरू पनि भारत आउन उत्सुक रहेका छन । धेरै कम्पनीहरूले चीनबाट बाहिर जाने सोच्दै छन् । 

मिडिया रिपोर्टका अनुसार उत्तर प्रदेशले चीनमा निर्माण गर्ने कम्पनीलाई आकर्षित गर्न आर्थिक टास्क फोर्स नै गठन गरेको छ । यद्यपि त्यस्ता प्रयासहरूको बाबजुद भारत विश्वका धेरै कारखाना भारतमा सिफ्ट गर्ने योजनाहरु कोरोना महामारीको कारण आर्थिक मन्दीले भारतलाई पछाडि नै पर्यो । 

चिनियाँ अखबारका अनुसार पश्चिमी मिडियाले यो महामारीको समयमा चीनको बजार सम्भावनाको प्रतिस्पर्दामा भारतको प्रतिस्पर्धी बन्न सक्छ भन्दै उत्साह बढाएको  आरोप लगाएको छ । जसका कारण केही भारतीयहरू वास्तविक अवस्थाबारे अलमलमा परेका छन् । अकल्पनीय हुनेछ कि वर्तमान समयमा भारतले चीनलाई प्रतिस्थापन गर्न सक्छ । 

चीन र अमेरिकाबीचको तनावले भारतलाई औद्योगिक हव बनाउन आकर्षित गर्ने अवसर होइन ।  किनभने दक्षिण एसियाली देशहरूले उनीहरूको कमजोर पूर्वाधार, दक्ष श्रमको अभाव र विदेशी लगानीको कडा प्रतिबन्धको कारण यस्तो उत्पादन परिवर्तन गरिरहेका छन् । 

भारतको रणनीतिलाई निशाना बनाउँदै ग्लोबल टाइम्सले भनेको भारतले आगामी  कारखानाहरुको हब बनाउने सपना देखिरहेको छ र मोदी सरकारले पनि ’मेक इन इण्डिया’ अभियान जस्ता लक्ष्यहरू हासिल गर्न विभिन्न पहलहरू गरिसकेका छन, जसले संसारलाई धेरै असर गर्न सक्दैन ।

परिवर्तित भूराजनीतिक अबस्थामा एशियाको ड्र्यागन र हात्ती बीचको लडाई पनि भौगोलिक राजनीतिक ढाँचाको बिच बृद्धि भइरहेको छ । तर दुई प्रमुख उदीयमान बजारहरूले एकसाथ बाटो भेट्टाउन सक्ने सम्भावना पनि त्यतिकै छ । 

प्रतिक्रिया दिनुहोस