aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

राष्ट्र बैंकले तोक्यो लक निक्षेपको सीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
राष्ट्र बैंकले तोक्यो लक निक्षेपको सीमा

काठमाडौं । अब वाणिज्य बैकहरुले कुल निक्षेप दायित्वको १० प्रतिशतसम्म मात्र कल (माग तथा अल्प सूचनामा आधारित) निक्षेप संकलन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तिय संस्थाहरुले संकलन गर्ने कल निक्षेपको सीमा तोकेको छ ।

विकास बैंक र निक्षेप दायित्वको १५ प्रतिशतसम्म मात्र कल निक्षेप संकलन गर्ने सिमा तोकिएको समाचार आर्थिक अभियानमा प्रकाशित छ । 


यसअघिको  एकीकृत निर्देशन २०७५ मा वाणिज्य बैकहरलाई निक्षेप संकलन सम्बन्धी कुनै सीमा तोकिएको थिएन । विकास बैंकलाई भने अफ्नो प्राथमिकत पुँजीको  बढीमा २० गुणासम्म वित्तीय स्रोत संकलन गर्न सक्ने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाको कल निक्षेप १ वर्षभित्र (२०७७ असार मसान्तसम्म) तोकिए) को सीमाभित्र ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै, यसअघि सम्झौता भएका बाहेक थप कल निक्षेप स्वीकार गर्द तोकिएको मापदण्ड अनुसारण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आर्थिक अभियान बाट ।

प्रतिक्रिया दिनुहोस