
काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका थिए ।
स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस