
विराटनगर । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन ।
भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।
प्रतिक्रिया दिनुहोस