
काठमाडौं । नेपाल सरकारले नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले बुधबार पत्रकार सम्मेलन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्सामा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।
गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस