
काठमाडौं । थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
प्रवक्ता देवकोटाका अनुसार नयाँ थपिएका ३ देखि ४८ वर्ष सम्मका रहेका छन् । जसमा बाँकेका ६ जना पुरुष, धनकुटाका ५ जना, कपिलवस्तुका १३ जना र नवलपरसीका एक जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ भने निको भएर फर्किनेको संख्या ४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस