काठमाडौं । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोडिने सम्बन्धमा मलेसिया सरकार समेत सकारात्मक देखिएको छ । मेलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मेलेसियाका मानव संशाधनमन्त्री एस. कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार सकारात्मक देखएको हो ।
नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट प्रक्रिया विगतमा देखिएको सिन्डिकेट हटाउने सम्बन्धमा काम गरिरहेका बेला मलेसियाले थप छलफल गरी निर्णय दिन बुधबार सम्मको समय मागेको छ ।
बिहीबार राजदूत पाण्डे र मन्त्री कुलासेगरनबीच मेलसिया जाने नेपाली श्रमिको मेडिकल गर्ने स्वास्थ्य संस्थाको छनोट र प्रणालीका विषयमा छलफल भएपछि मेलेसियाले बुधबार अन्तिम निर्णय दिने भएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
नेपाल सरकारले सूचीकरण र छनोटको तयारी गरेका स्वास्थ्य संस्थाको अनुगमन दुवै देशले गर्ने कि नेपालले मात्र गर्ने भन्ने सम्बन्धमा पनि मलेसियाले गम्भीर रुपमा छलफल गरी निर्णय गर्ने पाण्डेले जनाएका छन् । कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस