
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले आन्तरिक र बाह्य हवाई उडान बन्द जारी राख्ने निर्णय गरेको हो ।
यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस