aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अत्यधिक बहुमत र नयाँ रेकर्ड बनाएका नरेन्द्र मोदीलाई विश्वभरीबाट शुभकामना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
अत्यधिक बहुमत र नयाँ रेकर्ड बनाएका नरेन्द्र मोदीलाई विश्वभरीबाट शुभकामना

काठमाडौं । अत्यधिक बहुमतबाट विजयी भएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई विभिन्न देशका प्रमुखले बधाई तथा शुभकामना दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्विट गरेका छन्, ‘मेरा मित्र नरेन्द्र मोदी, प्रभावशाली चुनावी जितका लागि तपाईंलाई हार्दिक बधाई। यो परिणामले संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईंको नेतृत्व प्रमाणित गर्छ। हामी मिलेर भारत र इजरायलको घनिष्ठ मित्रतालाई थप मजबुत बनाउनेछौं।’

भारतमा नेहरु र गांधीपछि मोदीले बनाए नयाँ रेकर्ड

जापानी प्रधानमन्त्री सिन्जो आबेले फोन गरेर मोदीलाई सानदार जित हासिल गरेको भन्दै बधाई दिएका छन्। यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्ड बहुमत ल्याएको भन्दै बधाई दिएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लोकसभाको निर्वाचनमा सानदार विजयी भएकोमा बधाई दिएका छन्। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले ट्विट गर्दै मोदीलाई बधाई दिएका छन्। उनले दुवै देशको प्रगतिका लागि मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

अफगान राष्ट्रपति अशरफ घानीले ट्विट गरी मोदीलाई बधाई दिएका छन्। उनले अफगानिस्तान र भारतबीच आपसी सद्भाव र सहयोग विस्तार गर्न तत्पर भएको बताएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि मोदीलाई बधाई सन्देश पठाएकी छन्। अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाहयानले पनि मोदीलाई बधाई दिएका छन्। यसैगरी भारतका लागि अमेरिकी राजदूत केन जस्टरले पनि बधाई दिँदै भारतसँग रणनीतिक साझेदार भएर काम गर्न तत्पर भएको बताएका छन्। आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस