aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

ब्राजिलले कोरोनाको उपचारमा मलेरियाको औषधी प्रयोग गर्न अनुमती दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
ब्राजिलले कोरोनाको उपचारमा मलेरियाको औषधी प्रयोग गर्न अनुमती दियो

ब्राजिल । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि ब्राजिल सरकारले मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अनुमति दिएको हो ।

क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ को उपचारमा प्रभावकारी हुने यस्तो कुनै पनि प्रमाण हालसम्म भेटिइसकेको छैन । मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सोसल मिडियामा होइड्रोक्सिक्लोरोक्विन यो भाइरसको उपचारमा अत्यधिक प्रभावकारी भएको बताएका थिए ।

यद्यपि, पछि फेसबु र ट्वीटरले गलत समाचार फैलाएको भन्दै उनको पोस्ट डिलिट गरेको थियो । सोमबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्लोरोक्विन सेवन गरिरहेको बताएका थिए ।

तर अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधीलाई  सुरक्षित र प्रभावकारी नपाइएको बताएको छ । यो औषधीको गम्भीर दुष्परिणाम देखिएको छ । यसले आँखा र मुटुलगायत अन्य अंगमा गम्भीर असर पार्ने बताइएको छ । बीबीसी
 

प्रतिक्रिया दिनुहोस