aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नयाँ नक्शा जारी हुँदा पूर्वराजा ज्ञानेन्द्र पनि दंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
नयाँ नक्शा जारी हुँदा पूर्वराजा ज्ञानेन्द्र पनि दंग

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताएका छन्। सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले उक्त प्रतिकृया दिएका हुन् ।

उनले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको पनि उल्लेख गरेका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्- ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो । नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।’

भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । भारतको उक्त कदमको नेपाल तीव्र विरोध भएको थियो ।

सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालकाे नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस