aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप १७ कोरोना पुष्टि, एउटै गाउँपालिकाका १५ जना, संख्या ४४४ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
थप १७ कोरोना पुष्टि,  एउटै गाउँपालिकाका १५ जना, संख्या ४४४ पुग्यो

काठमाडौं । थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।  झापा, धनकुटा र सुनसरीका १७ जनामा कोरोना संक्रमण देखिएको हो । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

थपिएका नयाँ संक्रमित झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका १५ जना पुरुष रहेका छन् । त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस