
काठमाडौं । काठमाडौंमा विहान ८ः१४ मा ठूलो भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रले यो धक्का नयाँ भूकम्पको नभएर ०७२ सालको भूकम्पको पराकम्प भएको जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो पराकम्प ३.४ रिक्टर स्केलको थियो । भूकम्पको केन्द्र विन्दु भक्तपुर रहेको छ ।
त्यसैगरि, दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस