aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

अमेरिकामा आंशिक रुपमा लकडाउन खुकुलो पारियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
अमेरिकामा आंशिक रुपमा लकडाउन खुकुलो पारियो

एजेन्सी । अमेरिकाका सबै राज्यमा लकडाउन आंशिक रुपमा खुकुलो पारिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वटै राज्यले आंशिक रुपमा खुकुलो पारेका हुन । संक्रमणको अवस्था तथा कानून अनुसार लकडाउनमा छुट राज्य अनुसार फरक रहने छ ।

लकडाउन केही खुकुलो भएसँगै सीमित व्यवसायहरु सञ्चालनमा आउने बताइएको छ । लकडाउन खुकुलो पार्न तथा त्यसपछिका लागि सेन्टर फर डिजिज कन्ट्रोलले ६० पृष्ठ लामो निर्देशिका जारी गरेको छ । जसमा विद्यालयहरुमा डेस्क बेन्च ६ फिटको दूरीमा राखिनुपर्ने ब्यवस्था छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क, न्यू जर्सी, वासिङ्गटन राज्यमा हाल संक्रमण तथा मृत्युदर अति कम भएको छ । एरिजोना र नर्थ क्यारोलाइनासहितका राज्यमा अझै पनि संक्रमण बढ्दो क्रममै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस