aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चक्रवात अम्पन: बङ्गालको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु

  • बीबीसी
    बीबीसी
  • विहीबार, ०८ जेठ २०७७
चक्रवात अम्पन: बङ्गालको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु

काठमाडाैं । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ । पूर्वी भारतीय राज्यहरू र बाङ्ग्लादेशमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ ।

ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन् ।

कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन् । कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन् । कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ ।

ठूलो आँधी
कोभिड-१९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो । 

कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन् ।

त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन् ।

उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो ।

यद्यपि यसको हावाको गति केही कम भएको छ। तर पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ। 

नेपालमा प्रभाव
मौसमविद्हरूले नेपालमा पनि उक्त आँधीको प्रभाव देखिएको जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएकाे छ ।

दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा पहाडी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ ।

अंपुन नामको चक्रवातले वेस्ट वंगाल र वंगलादेशको तटीय क्षेत्र पारगरि अगाडि बडी सकेको छ र लगातार उत्तरउत्तरपूर्व (NNE) तर्फ लागेको छ।

प्रतिक्रिया दिनुहोस