aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गङ्गाजमुना गाउँपालिकाका एक वृद्धा वृद्धभत्ता लिन जाँदा मृत्यु

  • रासस
    रासस
  • विहीबार, ०८ जेठ २०७७
गङ्गाजमुना गाउँपालिकाका एक वृद्धा वृद्धभत्ता लिन जाँदा मृत्यु

धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

 बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस