aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भारतमा एकै दिनमा २०४ वटा मजदुर विदेश रेल सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
भारतमा एकै दिनमा २०४ वटा मजदुर विदेश रेल सञ्चालन

नयाँ दिल्ली ।  भारतको रेल सेवाले एकै दिनमा २०४ वटा मजदुर विषेश रेल सञ्चालन गरिएको जनाएको छ ।रेल मार्ग मन्त्री प्युष गोयलले यती धेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार जानकारी दिएका हुन ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रति दिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पार्नु भएको छ ।लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उनको भनाई छ । 

“हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ,” उनले लेखेका छन ।विषेश रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ ओटा विषेश रेल सेवा सञ्चालन भइसकेको उहाँले जानकारी दिए । 

उनले आगामी दिनमा मंगलबारभन्दा धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताएका थिए । त्यसका लागि चाडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उनले उल्लेख गरेका छन । एएनआई

प्रतिक्रिया दिनुहोस