aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सन्दीप लामिछानेको क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
सन्दीप लामिछानेको क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्वका चर्चित क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ मारिरहेका छन् । सन्दीप बुधबार मात्र क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टीट्वेन्टी क्रिकेटमा महँगो रकममा अनुबन्ध भएका छन् ।

लिगका लागि ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार अबेर बार्बाडस ट्राइडेन्ट्सले अनुबन्ध गरेको हो । सन्दीप लगातार दोस्रो वर्ष सीपीएलमा छनोट भएका हुन्। उनले अघिल्लो सिजन सेन्टकिट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए। त्यति बेला उनले पाँच खेलमा सात विकेट लिएका थिए ।

गत वर्ष ६ हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दीप यसपटक निकै महँगो रकममा अनुबन्ध भएका छन् । सन्दीपले बार्बाडसबाट यसपटक कम्तीमा ७० हजार अमेरिकी डलर ९करिब ८० लाख नेपाली रुपैयाँ० प्राप्त गर्नेछन् ।

लन्डनमा गरिएको अनुबन्धनका लागि ड्राफ्टमा सन्दीपसँगै नेपालका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहितकुमार पौडेल समावेश थिए । नेपालका तीन खेलाडी भने अनुबन्धनमा परेनन् । सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म वेस्टइन्डिजमा हुनेछ । आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस