aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सेनाले खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
सेनाले खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ । स्थलमार्गबाट ट्रकले ८ कन्टेनर स्वास्थ्य सामाग्री लिएर बिहीबार काठमाडौं आइपुगेको हो । 

यसअघि नेपाली सेनाले स्थलमार्गबाट ८ टन औषधि र वाइडवडीबाट करिब १९ टन स्वास्थ्य सामाग्री समेत ल्याइसकेको छ।

चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जिटुजि प्रक्रियाद्वारा स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस