
काठमाडौं । भारतीय लोकसभा चुनाव सायद इतिहासकै सनसनिपूर्ण रह्यो । अप्रत्यासि झै देखिने गरी भारतीय जनता पार्टीले अत्याधिक बहुमत हासिल गरेको छ । चुनावी सभाहरुमा आत्मविश्वासले भरिपुर्ण देखिएका भारतीय प्रधानमन्त्री मोदीका प्रमुख प्रतिद्धन्दी राहुल गान्धी परिपक्क ढंगले सभाहरुमा समेत प्रस्तुतहुन सकिरहेका थिएनन् । त्यसकै परिणम स्वरुप फेरी भाजपाले पाँच वर्षकालागि बलियो सरकार बनाउने मौका पाएको छ ।
महागठबन्धनको महा–चर्चा
त्यसो त मोदी विरुद्धको महागठबन्धनको चर्चा आवश्यकता भन्दा बढीनै सञ्चारमाध्यामहरुमा भएको देखिन्थ्यो । चर्चा केही हदसम्म स्वभाविक पनि किन थियो भने सत्तारुढ दललाई सत्ताच्युत गर्ने अन्तीम अस्त्रका रुपमा विपक्षिहरुले एउटा अनौठो प्रयोग गरेका थिए–महागठबन्धनको निर्माण । तर भारतीय जनताहरुले जातिय र धार्मीक आधारमा गरिएका चुनावि प्रचारलाई खासै वास्ता नगरेको मतपरिणमबाट देखिएको छ ।
सरकार विरोधी गठबन्धनले निकै ठुलो अपेक्षा राखेको उत्तर प्रदेश राज्यले नै आखिर विपक्षिलाई नरमाइलो गरी निरास पा¥यो । लगभग नदीका दुई किनार झै देखिएका मायावती र अखिलेश एक भए तरपनि उनिहरुको केही जोड लागेन । त्यहाँ भाजपाले ६३ वटा सिट हात पार्दा महागठबन्धनले जम्मा १६ सिटमा चित्त बुझाउनु प¥यो ।
चोर र चौकीदारको घम्साघम्सी
चुनावी अभियानका क्रममा मोदीले आफुलाई चौकीदारका रुपमा प्रस्तुत गरे । त्यही शब्दलाई समातेर राहुल गान्धीले भाषणलाई स्वादीलो बनाउने प्रयत्न गरे – “चौकीदार नै चोर” । नरेन्द्र मोदीले आफ्नो टिविटर एकाउन्टमा चौकीदार शब्द थपे । प्रधानमन्त्रिले नै नामको अगाडी चौकीदार राखेपछि अरु नेताहरुले पनि आफुलाई चौकीदारको रुपमा घोषित गरे । उनको यही चौकीदारी फेरी एकपटक अनुमोदीत भएको छ ।
नेपालमा प्रभाव
भारतमा नरेन्द्रमोदीको निरन्तरतासँगै नेपालमा त्यसको के कस्तो प्रभाव पर्छ भन्ने विषयमा चर्चा सुरु भएको छ । केही विश्लेषकहरु नेपालकालागि आगामी दिन त्यति सहज नहुने अनुमान लगाउन थालेका छन । उनिहरुको तर्क छ, नेपाल भारत विचको सम्बन्धमा देखिएको नाकाबन्दीको प्रभाव फेरी पनि नकरात्मक शिराबाट अगाडी बढ्न सक्छ । यदी भारतीय सत्ताधारीले छिमेकीमाथि गरिएको आक्रमण र हेपाइपूर्ण व्व्यवहार जनताले अनुमोदन गरेको रुपमा लिए भने निश्चयपनि भारतले नेपाललाई आफ्नो मुठ्ठिमा राख्ने निति अंगिकार गर्न सक्छ ।
तर, परराष्ट्र मामिलाका केही जानकारहरु चाँही आगामि दिनमा भारतले नेपाललाई विगत भन्दा फरकरुपले व्यवहार गर्ने कुरामा विश्वस्त देखिन्छन् । उनिहरुको विचारमा विगतको नाकाबन्दी गलत थियो भन्ने निश्कर्षमा भारत पुगिसकेको छ । अव नेपाल र भारतले आपसि सद्धभाव र सहकार्यबाट मात्र एतिहासिक सम्बन्धलाई निरन्तरता दिन सक्छ भन्ने उनिहरुको बुझाई छ । नेपाललाई चिढ्याउनु भनेको जर्वजस्ती चिनको पोल्टामा हालिदिनु हो भन्ने बुझाईमा भारतीय परराष्ट्रविदहरु पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस