aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

श्री एयरलाइन्सको जहाज ट्युनिसियातर्फ उड्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
श्री एयरलाइन्सको जहाज ट्युनिसियातर्फ उड्यो

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । भोलिपल्ट शुक्रबार उताबाट फर्कँदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौँ अवतरण गर्नेछ ।

श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै, कम्पनीको जहाजले गत वैशाख १२ गते सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस